खेल


ए डिभिजन लिगः आजदेखि चैथो चरणका खेल हुँदै

ए डिभिजन लिगः आजदेखि चैथो चरणका खेल हुँदै

नेपालखबर
मंसिर २४, २०७८ शुक्रबार ७:५७, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजदेखि चौथो चरणका खेल हुँदैछन्। शुक्रबार चौथो चरणका दुई खेल हुन लागेका हुन्।

चौथो चरणको पहिलो खेलमा दिउँसो १ बजे मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। मनाङले तीन खेलबाट ७ अंक जोडेको छ भने फ्रेन्ड्सले समान खेलबाट २ अंक हात पारेको छ। 

त्यस्तै दोस्रो खेलमा च्यासल र त्रिभुवन आर्मी क्लबबीच पौने ५ बजे प्रतिस्पर्धा हुनेछ। च्यासलले पनि अहिलेसम्म एक जित एक बराबरी र एक हारको सामना गर्दै ४ अंक हात पारेको छ भने त्रिभुवन आर्मी क्लबले एक जित र दुई बराबरीसहित ५ अंक हात पारेको छ।  चौथो चरणका सबै खेल दशरथ रंगशालामा हुनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad