खेल


ब्राजिलियन फुटबलर पेले अस्पताल भर्ना

ब्राजिलियन फुटबलर पेले अस्पताल भर्ना

नेपालखबर
मंसिर २३, २०७८ बिहिबार १३:२१, काठमाडौँ

ब्राजिलका चर्चित फुटबलर पेले अस्पताल भर्ना भएका छन्। कोलोन ट्युमरको उपचार गर्न उनी अस्पताल गएका हुन्।

तीन पटकका विश्वकप विजेता पेले साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका हुन्।

यसअघि पनि गत सेप्टेम्बरमा ८१ वर्षीय पेलेको ट्युमरको शल्यक्रिया भएको थियो। 

पेलेले सामाजिक संजालबाट उपचारका लागि अस्पताल भर्ना भएको जानकारी दिएका छन्। 

सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो। सन् २०१९ मा पिशावमा संक्रमण देखिएपछि उनको उपचार गरिएको थियो।

पेले आफ्नो फुटबल जीवनकालमा ब्राजिलका ९२ खेलमा ७७ गोल गरेका थिए। उनी चारवटा विश्वकपमा गोल गर्ने चार खेलाडीमध्ये एक रहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad