पाँच पटकको उपाधि विजेता बार्सिलोना च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिरिएको छ। बुधबार राति भएको खेलमा बार्यन म्युनिखसँग ३–० ले पराजित भएसँगै बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो। पछिल्लो १७ वर्षमा पहिलोपटक बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो।
बुधबार राति भएको समूह ईको अर्को खेलमा बेन्फिकाले डाइनामो किभलाई २–० पराजित गरेसँगै बार्सिलोनाको सम्भावना सकिएको हो। बेन्फिकाले बराबरीसम्म खेलेको अवस्थामा बार्सिलोनाको सम्भावना कायम रहन्थ्यो।
समूह ई मा सबै खेल जितेको बार्यन म्युनिखले ६ खेलबाट अंक हात पारेको छ भने बेन्फिका ८ अंक हात पार्दै दोस्रो स्थानमा रहन सफल भयो। बार्सिलोनाले समान खेलबाट ७ अंक मात्र हात पारेको छ। समूहको अन्तिममा रहेको डाइनामो किभले भने केवल १ अंक हात पारेको छ।
138
Shares

प्रतिक्रिया