विभागीय टोली नेपाल पुलिस क्लवले कतार एअरवेज ए डिभिजन लिगमा हिमालयन शेर्पासँग बराबरी गर्दै अंक बाँडेको छ।
बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा शेर्पाले पुलिस क्लवसँग एक एक गोलको बराबरी गर्दै अंक बाँड्यो।
खेल सुरु भएको पहिलो मिनेट नपुग्दै शेर्पाले पुलिस विरुद्ध अग्रता बनाएको थियो। शेर्पाका लागि कप्तान विशाल श्रेष्ठले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा अग्रता बनाएपनि शेर्पा दोस्रो हाफमा सम्हालिन नसक्दा पुलिससँग अंक बाँड्न बाध्य भयो। खेलको ६० औँ मिनेटमा सुमन लामाले गोल गर्दै पुलिस क्लवलाई बराबरीमा ल्याए।
लिगमा पुलिस क्लबले ३ खेलबाट ५ अंक जोडेको छ। शेर्पाको ३ खेलबाट २ अंक छ।
30
Shares

प्रतिक्रिया