खेल


क्यानमाथिको निलम्बन माघसम्ममा पूर्णरुपमा फुकुवा हुने

क्यानमाथिको निलम्बन माघसम्ममा पूर्णरुपमा फुकुवा हुने

नेपालखबर
मंसिर २२, २०७८ बुधबार १६:२४, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन आगामी माघसम्ममा पूर्णरुपमा फुकुवा हुने सम्भावना बढेको छ।  

आगामी पुसमा हुने साधारण सभामा आर्थिक लगायतका नियमावलीहरु पास भएसँगै क्यान माथिको निलम्बन पूर्णरुपमा फुकुवा हुने संकेत पाएको क्यान स्रोतले बताएको छ।  

राजनीतिक हस्तक्षेप लगायतका कारण देखाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०७३ को वैशाखमा क्यानलाई निलम्बन गरेको थियो। क्यान निलम्बनको समयमा पनि आईसीसीको रोहबरमा प्रतियोगिता भने हुँदै आएको थियो। 

क्यानमा निर्वाचन भएर चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति आएसँगै आईसीसीले क्यानमाथिको निलम्बन ससर्त फुकुवा गरेको थियो। 

क्यान नेतृत्वले आईसीसीको मापदण्ड अनुसार नै कार्य गर्दै आएकाले बजेटमा समेत वृद्धी भएको क्यानले जनाएको छ। ति लगायतका अन्य कामलाई मध्यनजर गर्दै क्यानले आगामी फेब्रुअरीमा पूर्णरुपमा निलम्बन फुकुवा गर्ने संकेत पाएको क्यानले जनाएको छ। 

आईसीसीको मापदण्डलाई मध्यनजर गर्दै क्यानले प्रतियोगिता आयोजना गर्दै आएको छ। 

क्यानमाथिको गतिविधिमा नजर लगाइरहेको आईसीसीले वार्षिक बजेटमा भारी वृद्धि गरेको छ। क्यानले आईसीसीबाट पाउने रकममा ५ लाख ७२ हजार वृद्धि भएको छ। 

गतवर्ष ७ लाख ४८ डलर वार्षिक बजेटमात्रै पाएको क्यानले २०२२ को बजेटमा ५ लाख ७२ हजार डलर रकम वृद्धि भएर पाउने क्यानका कोषाध्यक्ष रोशन सिंहले नेपालखबरलाई जानकारी दिए।  

अब क्यानले आईसीसीबाट वार्षिक १३ लाख २० हजार डलर बजेट पाउनेछ। आइसीसीले  सन् २०१४ देखि क्यानलाई दिँदै आएको अनुदानमा नियन्त्रण गर्दै आएको थियो। 

क्यानमाथिको निलम्बन फुकुवा भएपछि आईसीसीको गाइडलाइन अनुसार क्यानले क्रिकेट प्रतियोगिता, सात प्रदेशमा १० प्रशिक्षक नियुक्त गर्दै क्यानले आफैं लेभल वान अनलाइन प्रशिक्षण कोर्स,

महिला खेलाडीलाई पहिलो पटक पारिश्रमिक, पुरुष खेलाडीको तलब वृद्धि, लगायतमा काम गर्दै आएको थियो। 

यही कामको मूल्याङकन गर्दै आइसीसीले आफूहरुलाई दिँदै आएको बजेटमा वृद्धी गरेको क्यानका कोषाध्यक्ष रोशन सिंहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad