खेल


एनपीएलको जिम्मा भारतीय कम्पनीलाई दिने आफ्नै निर्णयबाट पछि हट्यो क्यान

एनपीएलको जिम्मा भारतीय कम्पनीलाई दिने आफ्नै निर्णयबाट पछि हट्यो क्यान

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०७८ बुधबार १४:१, काठमाडौँ

नेपाल प्रिमियर लिग टी–२० लिग आयोजनाको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णयबाट नेपाल क्रिकेट संघ (क्यान) पछि हटेको छ। 

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सहकार्यमा क्यानले टी–२० लिग आयोजना गर्ने सम्झौता गरेपनि कार्यान्वयनका लागि नेपाल सरकारले अनुमति नदिएको र सम्झौता पूर्व गर्नुपर्ने काम पनि पूरा नगरेको भन्दै क्यानको केन्द्रीय समितिको बैठकले सम्झौता रद्द गर्ने निर्णय गरेको हो। 

यो निर्णयलाई आगामी पुस १४ र १५ गते धनगढीमा हुने वार्षिक साधारण सभाबाट पारित गर्ने तयारी रहेको क्यान स्रोतले जनाएको छ। 

क्यानमा नयाँ नेतृत्व आएपछि एनपीएललाई प्राथमिकतामा राखेको क्यानले बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad