नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हुरिकेन्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। लान्सेस्टनस्थित अरोरा स्टेडियममा हुने खेलमा होबर्टले सिड्नी सिक्सर्सविरुद्ध पहिले फिल्डिङ गर्न लागेको हो।
लिगमा पहिलो खेल खेल्न लागेको हुरिकेन्स सुखद सुरुवात गर्ने योजनामा छ। सिड्नी सिक्सर्स भने लिगमा लगातार दोस्रो जित निकाल्न चाहान्छ।
सिक्सर्सले पहिलो खेलमा मेलवर्न स्टार्सलाई १ सय ५२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
सन् २०१८ मा बिगबास लिगमा डेब्यु गरेका सन्दीपले दुई सिजन मेलवर्न स्टार्समा बिताएका थिए। बिगबासमा कुल २० खेल खेलेका सन्दीपले १९.८० को एभेरजमा २६ विकेट झारेका थिए।
93
Shares

प्रतिक्रिया