युरोपियन च्याम्पियन्स लिग अन्तरगत समूह चरणका अन्तिम खेल मंगलबार रातिबाट सुरु हुँदै छन्। मंगलबार राति ए देखि डी सम्मका १६ वटा टिमले प्रतिस्पर्धा गर्दैछन्।
यी मध्ये तीन वटा समूहबाट अघिल्लो चरणमा जाने टोलीको टुंगो लाग्दा समूह बीमा रहेका तीन टोलीबिच अघिल्लो चरणका लागि कडा प्रतिस्पर्धा हुँदैछ।
समूह ए
समूह एमा म्यानचेस्टर सिटीले आरबि लिपजिगको समाना गर्दा पीएसजीको घरेलु मैदानमा क्लब ब्रुग हुनेछ। समूह एका यी चारवटै टोलीको भिडन्त राति साढे ११ बजे सुरु हुनेछ।
तर गोल अन्तरका आधारमा लिपजिग युरोपाको बलियो अवस्थामा छ। आजको खेल दुवै टोलीले हार्दा वा बराबर गर्दा लिपजिग नै अघिल्लो चरणमा जाने छ।
यो समूहबाट १२ अंक जोडेको सीटी समूह बिजेता बन्दै अघिल्लो चरणमा गएको छ। ८ अंकसहित उपबिजेताका रुपमा रुपमा अघिल्लो यात्रा तय गरेको पीएसजीका लागि आजको खेल हार्नु वा जित्नुले अंक तालिकामा खास अर्थ रहने छैन।
समूह बी
यो समूहमा पोर्टोको ५ अंक, एसी मिलान र एथ्लेटिको मड्रिडको समान ४ अंक छ। १ः४५ बजे घरेलु मैदानमा पोर्टोले एथ्लेटिको मड्रिडको सामना गर्दा सोही समयमा एसी मिलानले लिभरपुललाई स्वागत गर्दैछ। पोर्टोले जित निकालेको खण्डमा उ उपविजेताको रुपमा अघिल्लो चरण जाने छ। तर पोर्टो हारे एथ्लेटिको मड्रिडको संभावना बढि हुन्छ। एसी मिलानले लिभरपुलमाथि जित निकाल्न सके उसको संभावना थप बलियो बन्छ। किनकि, गोल अन्तरमा एसीमिलान अगाडि छ।
समूह सी
समूह सीकासबै खेल औपचारिकताका लागि मात्रै हुनेछन्। यो समूहबाट अघिल्लो चरण जाने दुवै टोलीको लगभग तय भइसकेको छ। आयक्स ५ देलमा ५ जित निकाल्दै समूह बिजेताका रुपमा अघिल्लो चरण पुगिसकेको छ।
स्पोर्टिङ ९ अंकसहित उपबिजेता बन्ने लगभग निश्चित छ। ६ अंक जोडेको डर्टमुन्डभन्दा १० गोल अगाडि रहेकाले पनि उसको अघिल्लो यात्रा लगभग तय भइसकेको छ।
समूहको अन्तिम खेलमा स्पोर्टिङले आयक्सको सामना गर्दा डर्टमुन्डले घरेलु मैदानमा बेसिक्टसको समना गर्नेछ। यो समूहमा बेसिक्टसले भने अंक जोड्न सकेको छैन।
समूह डी
समूह डीको अन्तिम खेलमा रियल मड्रिडले इन्टर मिलानको सामना गर्दैछ। यो समूहबाट यी दुवै टोली अघिल्लो चरण प्रवेश गरिसकेका छन्। तर आजको खेलले विजेता र उपविजेताको टुंगो लगाउने छ।
रियलले १२ अंक जोडेको छ भने, इन्टरमिलानको १० अंक छ। यो समूहको अर्को खेलमा शख्तर डोनेट्स्क र शेरिफ भिड्दैछन्। ६ अंक जोडेको शेरिफले युरोपाको यात्रा शुनिश्चित गर्दा डोनेट्स्कको मात्रै १ अंक छ।
च्याम्पियन्स लिगका बाँकी ८ खेल बुधबार राति हुनेछ।
Shares

प्रतिक्रिया