खेल


१६ सदस्यीय भलिबल टोली घोषणा

१६ सदस्यीय भलिबल टोली घोषणा

नेपालखबर
मंसिर २०, २०७८ सोमबार १२:१६, काठमाडौँ

एभिसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताका लागि १६ सदस्यीय पुरुष टोलीको घोषणा भएको छ। 

प्रारम्भिक चरणमा रहेका २० खेलाडीमध्येबाट मुख्य प्रशिक्षक हान एबिङले ४ खेलाडीलाई बाहिर राख्दै दोस्रो चरणका लागि खेलाडी छनोट गरेका हुन्। 

प्रतियोगिताको तयारीका लागि प्रशिक्षक एबिङले क्लब लिग छनोट भलिबल प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा २० खेलाडी छनोट गरेका थिए। टोली मंसिर ३ गतेबाट प्रशिक्षणमा व्यस्त छ। 

प्रतियोगिताका लागि १२ सदस्यीय अन्तिम टोलीको घोषणा अर्को साता गर्ने नेपाल भलिबल संघले जनाएको छ। 

प्रतियोगिता डिसेम्बर २१ देखि २९ सम्म बगंलादेशको ढाकामा हुनेछ। 

१२ सदस्यीय टोली 
इम बहादुर मगर, हरि थापा, मान बहाुदर श्रेष्ठ, धन बहादुर भट्ट क्षत्री, राजेन्द्र विष्ट, धिरज बस्नेत, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बहादुर बम, दिपक राज जोशी, रविन चन्द, शरन समारी क्षेत्री, विशाल बहादुर विक, इश्वर थापा, विनोद चन्द

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad