खेल


दोस्रो टेस्टमा न्युजिल्याण्डमाथि भारतको सहज जित

दोस्रो टेस्टमा न्युजिल्याण्डमाथि भारतको सहज जित

नेपालखबर
मंसिर २०, २०७८ सोमबार ११:१७, काठमाडौँ

भारत र न्युजिलयाण्डबीचको दास्रो टेस्ट क्रिकेटमा भारतले सहज जित हात पारेका छ। ५४० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डलाई १६७ रनमा अलआउट गर्दै भारतले टेस्ट सिरिजमा १–० को अग्रता लिएको हो।

पहिलो इनिङ्गमा मयांक अग्रवालको १५० रन र अक्षर पटेलको सहयोगमा भारतले ३२५ रन बनाएको थियो। न्युजिल्याण्ड भने केवल ६२ रनमा अलआउट भएको थियो। दोस्रो इनिङ्गमा भारतले सात विकेट बनाउँदै २७६ रन बनाएपछि इनिङ्ग समाप्तिको घोषणा गरेको थियो। 

विशाल लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले १६७ रन मात्र बनायो। न्युजिल्याण्डलाई सस्तोमा समेट्न भारतका रविचन्द्रन आश्विन र जयन्त यादवले समान ४/४ विकेट लिए। पहिलो टेस्ट बराबरीमा सकिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad