एसियन युथ पारा गेम्सको तेक्वान्दोमा नेपालकी पलेशा गाेवर्द्धनले स्वर्ण पदक जितेकी छिन्।
बहराइनको मानमामा भएको एसिया युथ पारा गेम्सको ५७ केजी मुनी क्याटागोरी ४४ मा पलेसाले स्वर्ण जितेकी हुन। उनले इरानकी इब्राहिमी रोजालाई ६–० ले हराउँदै ऐतिहासिक स्वर्ण आफ्नो नाममा गरिन्।
युथ पारा गेम्समा नेपालकै सृजना घिसिङले रजत र विशाल गरबुजाले कास्य पदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। ५२ केजी मुनी क्याटागोरी ४४ को फाइनलमा सृजना इरानकी गानबारिकोमिसाइनीसँग १८–० ले पराजित भइन्।
विशाल ५८ केजी मुनी क्याटागोरी ४४ को सेमिफाइनलमा उज्वेकिस्तानका सोनजारोभ कुद्राटिलोसँग ३२–६ ले पराजित भए।
33
Shares

प्रतिक्रिया