रियल सोसिडालाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस ला लिगामा अग्रता फराकिलो पारेको छ।
शनिबार राति भएको खेलमा रियल मड्रिडले सोसिडाडलाई २–० गोल अन्तरले पराजित गर्यो। रियलको जितमा भिनिसियस जुनियर र लुका जोभिकले एक एक गोल गरे।
जितसँगै रियलले १६ खेलबाट ३९ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको सेभिल्लासँगको अंक दुरी ८ अंकले फराकिलो पारेको छ।
गएराति नै भएको अर्को खेलमा भिल्ला रियललाई १–० ले पराजित गरेको सेभिल्ला अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियल मड्रिडभन्दा एक खेल कम खेलेको सेभिल्लााको ३१ अंक छ।
बार्सिलोनालाई पराजित गरेको रियल बेटिस तेस्रो स्थानमा उक्लदा एथलेटिको मड्रिड र रियल सोसिडाड भने झरेका छन्। रियल बेटीसको १६ खेलबाट ३० अंक छ।
पराजित एथलेटिको मड्रिड १५ खेलबाट २९ अंक छ। मड्रिड मार्लोकासँग २–१ ले तथा रियल सोसिडाड रियल मड्रिडसँग २–० ले पराजित भएको थियो। रियल सोसिडाडको १६ खेलबाट २९ अंक छ। १६ खेलबाट १९ अंक जोडेको मालोर्का १२ औँ स्थानमा उक्लेको छ।
Shares

प्रतिक्रिया