नेपाली महिला क्रिकेट खेलाडी सीता रानामगरले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी छिन्। यो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त महिला टी-२० क्रिकेट प्रतियोगिता हो ।
शनिबार पत्रकार सम्मेलनमार्फत सीता उक्त प्रतियोगिताको लागि छनोट भएको घोषणा गरिएको हो। क्विन्स इभेन्ट मेनेजमेन्टले सीतालाई एजेन्सी सेवा प्रदान गर्नेछ ।
प्रतियोगिता सन् २०२२ को मे १ देखि १५ सम्म हुनेछ। यो प्रतियोगितामा विभिन्न ६ टोली समावेश हुनेछन्। यद्यपि सीताले कुन टोलीबाट प्रतिनिधित्व गर्छिन् भन्ने खुलाइएको छैन।
विदेशी लिगमा छनोट हुने सीता पहिलो नेपाली महिला क्रिकेट खेलाडी हुन्। सीताले आफू यो प्रतियोगिताको लागि छानिएकोमा खुसी व्यक्त गरिन्। उनले आफूले पाएको सफलता आगामी पिँढीको लागि प्रेरणाको बन्न सक्ने विश्वास व्यक्त गरेकी छिन्। उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप-कप्तान पनि हुन्।
Shares

प्रतिक्रिया