स्पाइकर रेश्मा भण्डारीसहित ५ खेलाडीलाई बाहिर राख्दै एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताका लागि १५ सदस्यीय टोलीको घोषणा भएको छ।
डिसेम्बर तेस्रो सातादेखि बंगलादेशमा हुने प्रतियोगिताका लागि प्रशिक्षणमा सहभागी २० खेलाडीबाट ५ खेलाडीलाई बाहिर राख्दै नेपाल भलिबल संघले शनिबार टोली घोषणा गरेको हो।
घोषित टोलीमा भण्डारीसहित उषा विष्ट, जानकी भण्डारी, पुनम चन्द, शान्तिकला तामाङ बाहिरिएका छन्।
एपीएफ क्लबकी रेश्माले लामो समयदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएकी थिइन्। पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्न नसकेकी रेश्मा टोलीबाट बाहिरिएकी हुन्। ब्लकर उषा विष्ट र लिबेरो शान्तिकला तामाङ भने चोटका कारण संघर्ष गरिरहेका थिए।
सन् २०१९ मा भएको सेन्ट्रल जोन भलिबल र १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा टोलीमा रहेका जानकी भण्डारी र पुनम चन्द पनि टोली बाहिर रहे।
महिला भलिबल टोली सेन्ट्रल जोनको साविक विजेता हो। सन् २०१९ मा बंगलादेशमै भएको सेन्ट्रल जोनमा नेपाल एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो।
संघले अर्को साता अन्तिम टोलीको घोषणा गर्ने तयारी गरेको छ। पुरुष टोलीको घोषणा भने भोलि आइतबार गर्ने संघले जनाएको छ। यो संस्करणको सेन्ट्रल जोन २१ देखि २९ डिसेम्बरसम्म हुँदैछ।
१५ सदस्यीय टोली
Shares

प्रतिक्रिया