सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार दुई खेल हुँदैछन्। तेस्रो चरणको खेलमा दिउँसो १ बजे संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै पौने पाँच बजे च्यासल र न्युरोड टिम (एनआरटी)बीच खेल हुनेछ। यी दुवै खेल दशरथ रंगशालामा हुनेछ।
मनाङले यसअघि पहिलो र दोस्रो चरणका दुवै खेलमा जित हात पारेको थियो। संकटाले एउटा खेलमा जित र एउटामा बराबरी खेलेको थियो।
च्यासलले एक जित र एक हारको सामना गर्दा एनआरटीले एउटामा हार र एउटामा बराबरीको नतिजा निकालेको थियो।
129
Shares

प्रतिक्रिया