इंगलिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ।
मासोन माउन्ट र हाकिम जियेचको गोलमा चेल्सीले महत्वपूर्ण तीन अंक हात पारेको हो। यससँगै चेल्सी लिगको शीर्षस्थानमा कायमै छ। उसले १४ खेलबाट ३३ अंक हात पारेको छ।
वाटफोर्डसँगको बारबरीले मात्र पनि चेल्सी लिगको तेस्रो स्थानमा झर्ने थियो।
बुधबार राति भएको अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई समान २–१ गोल अन्तरले पराजित गरेको छ। यससँगै म्यानचेस्टर सिटी पनि दोस्रो स्थानमा यथावत छ।
लिभरपुलले पनि महत्वपूर्ण तीन अंक हात पारेको छ।
30
Shares

प्रतिक्रिया