महिला टेनिस संघ(डब्ल्यूटीए)ले चीनका सबै प्रतियोगिता रद्द गर्ने निर्णय गरेको छ। चिनियाँ टेनिस खेलाडी पेङ सुआईको बारेमा चासो देखाउँदै डब्ल्यूटीएले तत्कालैदेखि लागू हुने गरी चीनको सबै प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो।
३५ वर्षीया चिनियाँ टेनिस खेलाडी पेङले नोभेम्बरमा तीन सातासम्म हराएकी थिइन्।चीन शीर्ष नेतामाथि बलात्कारको आरोप लगाएसँगै उनी बेपत्ता भएकी हुन्। यद्यपि उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचसँग तीन सातापछि भिडियो कलमा कुराकानी गरेकी थिइन्।
बीबीसीका अनुसार डब्ल्यूटीएले भने निरन्तर उनको मुद्दामा पूरा अनुसन्धान हुनुपर्ने बताउँदै आएको छ। भिडियो कलमा कुराकानी गरेको प्रमाण उनी सुरक्षित रहेको देखाउन पर्याप्त नहुने डब्ल्यूटीएको भनाइ छ।
डब्ल्यूटीएले लामो विज्ञप्ति जारी गर्दै २०२२ मा चीनमा हुने प्रतियोगिता आयोजना गर्ने हो भने खेलाडी र कर्मचारीहरुले विभिन्न किसिमको समस्याको सामना गर्नुपर्ने हुन सक्ने बताएको छ।
चिनियाँ नेतृत्वले यो गम्भीर विषयमा पनि विश्वसनीय तरिकाले छानबिन नगरेको डब्ल्यूटीएको आरोप छ।
Shares

प्रतिक्रिया