नोभेम्बरको सुरुवातदेखि सार्वजनिकरुपमा नदेखिएकी चिनियाँ टेनिस खेलाडी पेङ सुआईले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अध्यक्ष थोमस बाचसँग कुराकानी गरेकी छिन्।
आइतबार भिडियो कलमार्फत् भएको कुराकानीमा उनले आफू सुरक्षित रहेको बताएकी छिन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अनुसार यो वार्ता करिब ३० मिनेटसम्म चलेको थियो।
आईओसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनी स्वस्थ छिन्, जुन हाम्रो प्रमुख चासोको विषय थियो। चिनियाँ शीर्ष नेतामाथि बलात्कारको आरोप लगाएपछि विगत तीन सातादेखि पेङ सार्वजनिकरुपमा देखिएकी थिइनन्।
‘३० मिनेटको कुराकानीको सुरुवातमा पेङ सुआईले आईओसीलाई आफ्नोबारेमा चिन्ता लिएकोमा धन्यवाद दिइन्’, आईओसीले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘उनले आफू बेइजिङस्थित घरमा सुरक्षित र स्वस्थ रहेको बताएकी थिइन्। यद्यपि उनले अहिले आफ्नो व्यक्तिगत गोपनीयताको सम्मान गरिदिन आग्रह गरेकी छिन्।’
अहिले आफ्नो परिवारलाई समय दिइरहेकी सुआईले टेनिसमा पनि सहभागी हुने बताएकी छिन्।
Shares

प्रतिक्रिया