इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले पूर्वमिडफिल्डर माइकेल क्यारिककै नेतृत्वमा आर्सनलविरुद्धको आगामी खेल खेल्ने बताएको छ।
प्रिमियर लिगमा युनाइटेडले बिहीबार आर्सनलविरुद्ध खेल्दै छ।
मुख्य प्रशिक्षक ओले गनर बीचैमा बर्खास्त भएपछि क्लबले क्यारिकलाई केयरटेकर प्रशिक्षक बनाएको थियो।
त्यसयता युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा भिल्लारियलविरुद्ध २–० को जित र लिगमा चेल्सीविरुद्ध बराबरी नतिजा निकालेको थियो।
यसैबीच, क्लबले अन्तरिम प्रशिक्षकको रुपमा सोमबार राल्फ रांगनिकलाई नियुक्त गरेको थियो। नियामकीय प्रक्रियाका कारण उनी आउन ढिलाइ भएपछि क्यारिकले नै मौका पाएका हुन्।
39
Shares
प्रतिक्रिया