ad ad

खेल


आईपीएल २०२२: ‘मेगा अक्सन’अघि धमाधम खेलाडी फुकुवा

आईपीएल २०२२: ‘मेगा अक्सन’अघि धमाधम खेलाडी फुकुवा

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार १४:२४, काठमाडौँ

इण्डियन प्रिमियर लिग (आईपीएल) का २०२२ को ‘मेगा अक्सन’अघि क्लबले खेलाडी फुकुवा गर्न थालेका छन्। 

आईपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीहरुले मंगलबारसम्ममा फुकुवा गरेका र टोलीमा नै कायम राखेका खेलाडी सार्वजनिक गरिसक्नुपर्नेछ। 

मेगा अक्सन अघि फ्रेन्चाइज टोलीहरुले बढीमा ४ खेलाडीलाई टोलीमा राख्न पाउँछन्। 

रोयल च्यालेन्जर्स बैग्लोरले आईपीएल २०२२ का लागि विराट कोहली र ग्लेन म्याक्सवेललाई टोलीमा राख्ने भएको छ। अन्य खेलाडीलाई भने फुकुवा गरेको छ। ४ खेलाडी राख्न पाईने भएपनि बैग्लोरले दुई खेलाडी मात्र टोलीमा राखेको हो। 

चेन्नई सुपर किंग्सले कप्तान महेन्द्र धोनी सहित चार खेलाडीलाई टोलीमा राख्ने भएको छ। चेन्नईले धोनीसहित ओपनर ऋतुराज गायकवाड, रविन्द्र जडेजा र मोइन अलीलाई टोलीमा राखेको छ। सुरेश रैना, फाफ डु प्लेसिस, ड्वेन ब्राभो र इंगल्यान्ड स्टार अलराउन्डर साम करनलाई भने फुकुवा गरेको छ। 

मुम्बई इन्डियन्सले भने कप्तान रोहित शर्मा र तीव्र गतिका बलर जस्प्रित बुमराहलाई टोलीमा राख्दा अन्य सबै खेलाडी फुकुवा गरेको छ। मुम्बईले अलराउन्डर काइरन पोलार्ड र हार्दिक पान्ड्या, सूर्य कुमार यादव, ईशान किशन, राहुल चाहर र क्रुनाल पान्ड्यालाई रिलिज गरेको छ। 

दिल्ली क्यापिटल्सले ऋषभ पन्त, पृथ्वी शा, अक्षर पटेल र एनरिच नोर्कियालाई टोलीमा राखेको छ। 

कोलकता नाइट राइडर्सले आन्द्रे रसेल, बरुण चक्रवर्ती, वेंकटेश ऐर र सुनिल नारायणलाई राखेको छ। 

सनराइजर्स हैदराबादले केन विलियम्सन, राजस्थान रोयल्सले सन्जु स्यामसनलाई टोलीमा राखेको छ। 

नयाँ सिजनका लागि लखनउ र अहमदाबाद थपिएका नयाँ फ्रेन्चाइज टोली हुन्। यी दुई फ्रेन्चाइज टोलीले भने तीन खेलाडी मात्र टोलीमा राख्न पाउँछन्। 

फ्रेन्चाईज टोलीले तीन खेलाडी अनुबन्ध गरे ३३ करोड, दुई खेलाडी राखे २४ करोड र एक खेलाडी अनुबन्ध गरे १४ करोड भारु खर्च गरेको हुनु पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .