ad ad

खेल


ए डिभिजन लिग : तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक

ए डिभिजन लिग : तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०७८ मंगलबार १२:१३, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगका तेस्रो र चौथो चरणका १४ खेल दशरथ रंगशालामा गराउने गरि खेल तालिका सार्वजनिक गरेको हो। 

तेस्रो चरणको पहिलो खेलमा मंसिर १७ गते फ्रेण्डस् क्लब र थ्रीस्टार क्लब भिड्नेछन्। सोही दिन नवप्रवेशी सातदोबाटो युवा क्लबले एपीएफ फुटबल क्लबको सामना गर्नेछ।

दोस्रो दिन संकटा क्लब र मनाङ मर्स्याङ्दी तथा च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) खेल्नेछन्। तेस्रो दिन लिगमा एक खेल मात्र हुनेछ। सो दिन ब्रिगेड ब्वाइज र त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन्। तेस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लब तथा जावलाखेल युथ क्लबले मच्छिन्द्र क्लबको सामना गर्नेछ। 

एन्फाले लिगका लागि ४ मैदान प्रयोग गर्ने भने भने चौथो चरणसम्म दशरथ रंगशालालाई मात्र प्रयोग गर्ने गरी तालिका सार्वजनिक गरेको छ। 

मनाङले लिगमा आफ्ना ५ खेल पोखरामा खेल्न अन्य क्लबसँग पहल गरेपनि निर्णय भने भइसकेको छैन। 

च्यासल फुटबल मैदान अहिले सम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नै हस्तान्तरण नभएकाले त्यहाँ लिग हुने सम्भावना कम छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भने केही खेल गर्ने एन्फाले तयारी गरेको छ। 

लिगको दोस्रो चरण सकिँदासम्म मनाङ मात्र लगातार दोस्रो जित दर्ता गर्दै ६ अंकमा तालिकाको शीर्षस्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .