म्यानचेस्टर युनाइटेडले राल्फ रंगनिकले अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। उनलाई यस सिजनको अन्तिमसम्मको लागि टोली सम्हाल्ने जिम्मा दिइएको हो।
६३ वर्षीय रंगनिकले अब ओले गुनार सोल्स्कजारको स्थान लिनेछन्। यसअघि म्यानचेस्टर युनाइटेडले सोस्कजारलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो। रंगनिकले रुसी क्लब लोकोमोटिभ मस्कोको स्पोर्टस् एण्ड डेभलपमेन्ट प्रमुखको पद छाडेका थिए।
उनले आफू म्यानचेस्टर युनाइटेड आउन पाउँदा निकै खुसी रहेको र यो सिजनमा टोलीलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यद्यपि उनले वर्क पर्मिट पाउन बाँकी छ। समयमा नै उनले वर्क पर्मिट पाउन नसकेको अवस्थामा अस्थायीरुपमा अहिले तोकिएका माइकल क्यारिक नै टोलीको प्रशिक्षकको रुपमा कायम रहनेछन् ।
रंगनिकले म्यानचेस्टर युनाइटेडको टोली युवा र अनुभवी खेलाडीले भरिएको बताएका छन्। उनले अबको ६ महिनामा आफूले टोलीको लागि उत्कृष्ट नतिजा दिने प्रयास गर्ने उनको भनाइ छ। साथै उनले क्लबको दीर्घकालीन योजनालाई पनि सहयोग पुग्ने गरी काम गर्ने बताएका छन्।
Shares

प्रतिक्रिया