खेल


टी-२० विश्वकप छनोटमा नेपालले भुटानलाई हरायो

टी-२० विश्वकप छनोटमा नेपालले भुटानलाई हरायो

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १७:५२, काठमाडौँ

आईसीसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ। 

मंगलबार भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो। 

भुटानले दिएको ६२ रनको झिनो लक्ष्य नेपालले ८ दशमलव ३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। 

नेपालका ब्याटर ईन्दु वर्मा १८ र कविता जोसी ८ रनमा अविजित रहे। 

ओपनर सिता रानामगर १७ तथा  कप्तान रुविना क्षत्रीले ८ रन थपे। भुटानकी तासी चेकीले १ विकेट झारिन्। 

त्यसअघि आईसीसी क्रिकेट एकेडेमी २ ग्राउन्डमा पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६१ रनको योगफल तयार पारेको थियो। 

भुटानका ब्याटर न्वाङवाङ चोडेनले १३ र सोनाम बाल्देनले ११ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपालकी सीता रानामगरले ३ तथा करुणा भण्डारीले एक विकेट झारिन्। सिताले आफ्नो स्पेलमा १० रन खर्चिन्। 

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो। भुटानले भने पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो। 

६ टोली सम्मिलित छनोट प्रतियोगिताको विजेताले सन् २०२२ मा हुने महिला टि–२० ग्लोबल छनोटमा स्थान बनाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad