विश्व फुटबल महासंघ (फिफा)ले उत्कृष्ट वर्ष खेलाडी २०२१ को मनोनयन सार्वजनिक गरेको छ। विशेषज्ञहरुको दुई टोलीले यस वर्षको उत्कृष्ट महिला र पुरुष खेलाडीको लागि मनोनयन सार्वजनिक गरेको हो।
यस वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा अर्जेन्टिनाका लियोनेल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, ब्राजिलका नेयमार, फ्रान्सका करिम बेन्जेमा र कायलिन एमबाप्पे, इजिप्टका मोहम्मद सलाह, पोल्याण्डका रोबर्ट लोवान्डोस्कीसहित ११ जना खेलाडी परेका छन्।
त्यस्तै महिला खेलाडीतर्फ स्टिना ब्ल्याकस्टेनिअस र मागडालेना इरिक्सन (स्वीडेन), एइटाना बोनमाटी, एलेक्सा पुटेलास र जेनिफर हर्मोसो (स्पेन), लुसी ब्रोन्ज (इंग्ल्यान्ड), क्यारोलिन ग्राहम हानसेन (नर्वे), पर्निल हार्डर (डेनमार्क), जि सु युन (दक्षिण कोरिया), साम खेर (अष्ट्रेलिया), भिभिएन मिडेमा (नेदरल्यान्ड्स), एलेन ह्वाइट (इंग्ल्यान्ड) र क्रिस्टिन सिनक्लेर (क्यानडा) मनोनयनमा परेका छन्।
उत्कृष्ट पुरुष गोलरक्षकमा एलिसन बेकर (ब्राजिल), जियानलुइजी डोन्नररुम्मा (इटाली), इडुआर्ड मेन्डी (सेनेगल), म्यानुयल नुयर (जर्मनी) र कास्पर स्माइकल (डेनमार्क) मनोनयनमा परेका छन्।
महिला गोलरक्षकमा एन कार्टिन वर्गर (जर्मनी), क्रिस्टियन इन्डलेर (चिली), स्टेफानी लिन मारी लावी (क्यानडा), हेडभिग लिन्डाल (स्वीडेन) र एलेसा नाइहेर (अमेरिका) मनोनयनमा परेका छन्।
महिला प्रशिक्षकको मनोनयनमा लुइस कोर्टेस (बार्सिलोना), पिटर गेरहार्डसन (स्वीडेन राष्ट्रिय टोली), इमा हाएस (चेल्सी), वेभर्ली प्रिइस्टमान (क्यानडा राष्ट्रिय टोली) र सरिना वेगमान (इंगल्याण्ड राष्ट्रिय टोली) परेका छन्।
पुरुष प्रशिक्षकतर्फ एन्टेनियो कोन्टे (इटाली/इन्टर/टोटेनहाम), हान्सी फ्लिक (जर्मनी राष्ट्रिय टोली), पेप ग्वार्डिओला (म्यानचेस्टर सिटी), रोबर्टो मान्सिनी (इटाली राष्ट्रिय टोली), लियोनेल स्कोलानी (अर्जेन्टिना राष्ट्रिय टोली), डिएगो सिमिओन (एट्लेटिको म्याड्रिड) र थोमस टुचेल (चेल्सी) मनोनयनमा परेका छन्।
Shares

प्रतिक्रिया