खेल


नेपाली महिला क्रिकेट टोली हङकङसँग पराजित

नेपाली महिला क्रिकेट टोली हङकङसँग पराजित

नेपालखबर
मंसिर ६, २०७८ सोमबार १४:२०, काठमाडौँ

नेपाली महिला क्रिकेट टोली आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्रीय छनोटमा हङकङसँग ६ विकेटले पराजित भएको छ। 

नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभरमै ४ विकेट गुमाएर भेट्टाएको हो। 

हङकङ १३ बल बाँकी छँदै नेपालविरुद्ध जित निकाल्न सफल भयो। 

हङकङलाई जित दिलाउन मारिको हिलले ४२ बलमा ४४ रन, नतासा माइल्सले १३ बलमा १६ रन, क्यारी चानले २२ बलमा १७ रन, शान्जेन शाजादले ११ बलमा ७ रन, एम्मा लाईले ८ बलमा १३ रन तथा यासमिन दास्वानीले १२ बलमा २ रन बनाए। नेपालले हङकङलाई अतिरिक्त ८ रन दिएको थियो। 

१०५ रनको लक्ष्य भेट्टाएको हङकङले १०७ रन बनाउँदै नेपालविरुद्ध जित निकालेको हो। 

नेपालका लागि सरिता मगरले ५७ बल खेल्दै सर्वाधिक ४० रनको योगदान गरिन्। त्यस्तै २ बल खेलेकी कविता कुँवर शून्य रनमै आउट हुँदा, काजल श्रेष्ठले २४ बलमा ४ रनमात्र बनाइन्। इन्दु शर्माले सम्हालिएर ३७ बलमा ३१ रनको पारी खेलिन् भने कप्तान रुविना क्षेत्र १ बलमा २ रन बनाउँदै नटआउट रहिन्। हङकङले नेपाललाई अतिरिक्त २७ रन दिएको थियो। 

हङकङको बलिङ तर्फ बेट्टी चानले १ तथा क्यारी चानले १ विकेट खसाले। नेपालको बलिङतर्फ कविता कुँवर, सीता मगर र सबनम राईले समान १÷१ विकेट लिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad