ad ad

राजनीति


मेरी छोरी जस्तो भरतपुर र चितवनको विकासमा मरिमेट्ने मान्छे भेटिँदैन : प्रचण्ड

मेरी छोरी जस्तो भरतपुर र चितवनको विकासमा मरिमेट्ने मान्छे भेटिँदैन : प्रचण्ड

भरतपुर महानगरको कार्यक्रममा बोल्दै प्रचण्ड।


नेपालखबर
मंसिर ६, २०७८ सोमबार १४:१०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको विकासका लागि मेयर रेणु दाहालको विकल्प नरहेको बताएका छन्। 

भरतपुर महानगरपालिकाद्वारा सोमबार आयोजित 'समृद्ध भरतपुरका लागि विकास बहस' अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो भनेका हुन्।

‘अहिले धेरैको ध्यान चितवनमा छ। मेरा साथीहरूदेखि विरोधीसम्म चितवनमा केन्द्रित भएका छन्। जता पुगे पनि चितवनमा के छ भनेर सोध्छन्’, उनले भने, ‘देशको सेन्टर परेर पनि होला चितवनलाई केन्द्रित गरेका।’

उनले आफ्नी छोरी भएर मात्रै रेणुको प्रशंसा नगरेको पनि स्पष्टीकरण दिए। ‘रेणु मेरी छोरी भएर प्रशंसा गरेको होइन। तर उनी भरतपुर र समग्र विकासका लागि खटिएको देख्दा मलाई गौरव लाग्छ,’ उनले भने, ‘उनी जस्तै अन्य महिलाहरु पनि समर्पित भएर लाग्ने हो भने भरतपुर मात्रै होइन देशकै चाँडै विकास सम्भव छ।’

उनले भरतपुर महानगरपालिकाले थालेको समृद्धिको यात्रा रोकिन नहुने पनि बताए। ‘भरतपुर महानगरपालिकाले अघि बढाएको समृद्धिको यात्रा भत्किनु भएन,’उनले भने, ‘मेरी छोरी भए पनि रेणु चितवनको विकासमा अहोरात्र खटिएकी छन्। यस्तो नेतृत्वले भरतपुरले पाउनु गौरवको कुरा हो।’

उनले रेणुको प्रशंसामा शब्द खर्चिँदै बिनाकुनै स्वार्थ मरिमेट्ने मान्छे नभेटिने पनि बताए। ‘बिनाकुनै स्वार्थ सम्पूर्ण रुपले मरिमेट्ने मान्छे भेटिँदैन,’ उनले भने, ‘त्यहीकारण अहिले भरतपुरमा राजनीतिक अस्थिरता मच्चाउन खोजिँदैछ। हामीले राजनीतिक स्थिरता दिएर विकासलाई समाजवादतिर लैजानुपर्छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .