खेल


दर्शकले बोतल प्रहार गर्न थालेपछि मार्सिले र लियोनको खेल रद्द

दर्शकले बोतल प्रहार गर्न थालेपछि मार्सिले र लियोनको खेल रद्द

नेपालखबर
मंसिर ६, २०७८ सोमबार ७:९, काठमाडौँ

आइतबार फ्रान्सेली लिग वानअन्तर्गतको मार्सिले र लियोनको खेल रद्द भएको छ। दर्शकले खेलाडीमाथि बोतल प्रहार गर्न थालेपछि खेल रद्द भएको हो। दर्शकले प्रहार गरेको बोतलले मार्सिलेका डिमिट्री पायेटलाई लागेको थियो।

त्यससँगै रेफ्रीले खेलाडीहरुलाई आफ्नो ड्रेसिङ रुममा जान निर्देशन दिएका थिए। त्यसपछि लामो समयसम्म पर्खिँदा पनि मार्सिलेका खेलाडी मैदानमा फर्किएनन्। खेल रोकिएको करिब दुई घण्टापछि आधिकारिकरुपमा यो खेल रद्द भएको घोषणा गरिएको थियो। 

पायेटमाथि बोतल प्रहार भएको यो सिजनमा दोस्रो घटना हो। फ्रान्सको फुटबलमा पछिल्लो समय यस्ता घटनाहरु दोहोरिइरहेका छन्। गत अगष्टमा पायेटले आफूमाथि प्रहार भएको बोतल टिपेर पुन: दर्शकतर्फ प्रहार गरेका थिए। जसको कारण खेल नै रोकिएको थियो भने पायेटलाई एक खेलमा प्रतिबन्ध लगाइएको थियो। 

मार्सिलेका मिडफिल्डर भालेटिन रोनिगरमाथि पनि सिजनको सुरुवातमा बोतल प्रहार भएको थियो। जसको कारण उनको ओठ नै काटिएको थियो। गत सेप्टेम्बरमा समर्थकहरुबीचको झडपको कारण आरसी लेन्स र लिलेबीचको खेल रोकिएको थियो। 

आइतबार कर्नर प्रहार गर्न लागेको समयमा पायेटमाथि बोलत प्रहार भएको थियो। आयोजकले बोतल प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको भन्दै खेल सुरु हुने बताए पनि मार्सिलेका खेलाडी मैदानमा नआएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad