इङ्ल्याण्ड र न्युजिल्याण्डबीच बुधबार राति आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल भिडन्त अहिले जारी छ।
अबुधाबीमा भइरहेको यो खेलमा न्युजिल्याण्डले टस जितेर फिल्डिङमा जाने निर्णय लिएको छ।
इङ्ल्याण्डले ११ ओभरको सामना गर्दै ताजा अवस्थामा २ विकेट गुमाएर ८४ रन बनाइसकेको छ।
उसका ओपनर जोश बट्लर २९ रन र जोनी बारिस्तोभ १३ रनको सामान्य स्कोमै पेभेलियन फर्किए।
अहिले डाविड मलान र मोइन अली क्रिजमा छन्। डाविडले २८ रन बनाएर खेलिरहेका छन् भने अलीले ९ रन बनाएका छन्।
न्यूजिल्याण्डको यो निर्णयसँगै इङ्ग्ल्यान्डले ब्याटिङ गर्दैछ। इङ्ल्याण्ड इयान मोर्गानको कप्तानीमा मैदान उत्रिएको छ। न्युजिल्यान्डतर्फ केन विलियम्सले कप्तानी गरेका छन्।
सेमिफाइनलमा पुग्दा इङ्ल्याण्ड समूह 'एक'बाट विजेता भएको थियो। न्यूजिल्याण्ड समूह २ बाट उपविजेता हुँदै सेमिफाइनल पुगेको हो।
समूह चरणमा पाकिस्तानसँग हारेको न्युजिल्याण्डले अन्य टोलीलाई पराजित गरेको थियो।
टी-२० विश्वकपको विजेता इङ्ल्याण्ड फेरि उपाधिको दौडमा छ। उता न्युजिल्याण्डले उपाधि जित्न सकेको छैन।
इङ्ग्ल्यान्डले जारी प्रतियोगिताका ५ मध्ये चारमा जित र एकमा हार भोगेको छ। न्युजिल्याण्ड पनि इङ्ग्ल्यान्डले जस्तै ५ मध्ये ४ मा जित र एकमा हारको सामना गरेको छ।
Shares

प्रतिक्रिया