ad ad

कारोबार


पञ्चकन्या स्टिलका ५ ‘तत्त्व’ : जसले जितेको छ बजारको विश्वास

पञ्चकन्या स्टिलका ५ ‘तत्त्व’ : जसले जितेको छ बजारको विश्वास

नेपालखबर
कात्तिक २५, २०७८ बिहिबार १०:७, काठमाडौँ

व्यक्तिलाई व्यक्तित्व र कम्पनीलाई उत्पादनको गुणस्तरले चिनाउँछ। पञ्चकन्या स्टिल यही विशेषताले बजारमा चिनिएको छ। 

करिब ५ दशक लामो समय नेपालको व्यावसायिक क्षेत्रमा बिताइसकेको पञ्चकन्या ग्रुप पुरानो र विश्वासिलो व्यावसायिक घराना बन्न सफल भएको छ। 

व्यावसायिक क्षेत्रमा बेग्लै पदचाप छोडेको पञ्चकन्याले नेपाली बजारमा नयाँ र गुणस्तरीय उत्पादनको छवि बनाएको छ। 

नयाँ प्रविधि टीएमटी छडदेखि स्टिलको पानी ट्याङ्कीसम्मको चर्चा हुँदा पञ्चकन्याकै नाम अग्रपंक्तिमा आउँछ। 

यो ग्रुपले निर्माणसँग सम्बन्धित स्टिल, प्लास्टिक, एसएस ट्याङ्क, स्टिक्चर स्टिल, रेडिमेक्स कंक्रिटलगायत उत्पादन गर्दै आएको छ। 

करिब ८० लाख मेट्रिकटन स्टिल उत्पादन गरिसकेको पञ्चकन्याले हरेक वर्ष १२ हजार टन प्लास्टिकजन्य उत्पादन गर्दै आएको छ। 

पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ पञ्चकन्या अरु स्टिल कम्पनीभन्दा सधैँ अघि रहेको बताउँछन्। उनले नेपालमा गुणस्तरीय डन्डी उत्पादन गर्ने नयाँ प्रविधी र प्रोडक्ट पञ्चकन्या भएको बताए। 

पुरानो र विश्वासिलो 
पञ्चकन्या स्टिल सन् १९८२ मा स्थापना भएको थियो। पञ्चकन्या स्टिलले ४२५ ग्रेडको डन्डीबाट उत्पादन सुरु गरेको थियो। नयाँ प्रविधि र गुणस्तरमा सधैँ ध्यान दिने कम्पनीले करिब २२ वर्षअघि नै गुणस्तरीय चिह्न पाएको थियो। 

नेपाल गुणस्तर तथा नापतौल विभागले पञ्चकन्यालाई गुणस्तरीय डन्डी उत्पादन गरेको भन्दै १९९८ मा एनएस चिह्न प्रदान गरेको थियो। एनएस चिह्न पाउने पञ्चकन्या पहिलो स्टिल कम्पनी हो। यतिमात्र नभई पञ्चकन्या स्टिलले सन् २००१ मा लोयड्स क्वालिटी एस्युरेन्स रजिस्टरबाट आईएसओ ९००१ :२००८ पाएको थियो। 

टीएमटी छड 
पञ्चकन्या स्टिल जर्मन प्रविधि भित्र्याई सन् २००२ देखि पहिलोपटक टीएमटी छड उत्पादन गर्ने कम्पनी हो। टीएमटी छड उत्पादन गर्दा उच्च गुणस्तरको ब्लेडलाई घुमाएर बुट्टा र ग्रिपसहित बन्छ। बुट्टा र ग्रिपले पूर्वाधारलाई बलिलो बनाउन मद्दत गर्छ। 

नेपालको सन्दर्भमा हालसम्म यही प्रविधि सबैभन्दा नौलो र टिकाउ मानिन्छ। अहिले अरु सबै स्टिल कम्पनीले टीएमटी छड उत्पादन गर्दै आएका छन्। 


 
प्रिमियम बिलेटबाट डन्डी उत्पादन
पञ्चकन्या ग्रुपले नेपालमा प्रिमियम बिलेट आयात गरी डन्डी उत्पादन गर्दै आएको छ। केही कम्पनीले स्पञ्ज आइरन र स्क्रयाब आयात गरी डन्डी उत्पादन गर्न थालेपछि डन्डीको गुणस्तरमा प्रश्न उठ्नसक्ने उपाध्यक्ष श्रेष्ठ बताउँछन्। 

‘हामीले बाहिरबाट प्रिमियम बिलेट आयात गरी डन्डी बनाउँछौँ’, श्रेष्ठ भन्छन्, ‘स्पञ्ज आइरन र स्क्राबबाट हामी डन्डी बनाउँदैनौँ। त्यस्तो प्रविधि हामी भित्र्याउँदैनौँ।’

पञ्चकन्या प्रिमियम स्टिलमा शुद्ध रासायनिक तत्व सल्फर, फोस्फरस तथा न्यून कार्बनको प्रयोग भएको छ। जसले गर्दा उच्च लचकता, लम्बाइको आकारमा पनि एकरुपता र आकर्षक रिबार (डन्डी) रहेको श्रेष्ठले बताए। 

पञ्चकन्या स्टिलले पछिल्लो २ वर्षमा मात्रै १ लाख २६ हजार प्रिमियम बिलेट आयात गरी डन्डी उत्पादन गरेको छ। 

‘युनिक प्रोडक्ट’ : ५०० एक्सडी र ५५० एक्सडी
यो ग्रुप युनिक प्रोडक्टमा उत्पादनमा अब्बल रहँदै आएको छ। बजारमा अन्य स्टिल कम्पनीले ५०० डीको डन्डी उत्पादन गर्दै आएकोमा पञ्चकन्याले गत वर्ष नयाँ प्रोडक्ट ल्याएको थियो। 

कम्पनीले उत्कृष्ट लचकता भएको ५५० एक्सडी र ५०० एक्सडी बजारमा ल्याएको छ। नयाँ रिब्ड डिजाइन भएको ५०० एक्सडी र ५५० डन्डीले कन्क्रिटमा पनि सजिलै पकड गर्ने क्षमता राख्ने कम्पनीको भनाइ छ।

‘पञ्चकन्याले बजारमा युनिक प्रोडक्ट ल्याएको छ’, पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठले भने, ‘५०० एक्सडी र ५५० एक्सडी अरुभन्दा गुणस्तरीय र भरपर्दो छ।’

पञ्चकन्या ५०० एक्सडी जुनसुकै विकासका पूर्वाधारमा प्रयोग हुन्छ भने ५५० एक्सडीका छडहरु ठूला–ठूला आयोजना हुने गर्छ। 

ठूला आयोजनामा बढी प्रयोग 
कम्पनीले आफ्नो उत्पादन ५०० डीमा ग्राहकलाई पूर्ण विश्वास दिलाएको थियो। पञ्चकन्याले ठूला पूर्वाधारका आयोजना निर्माणको लागि ५५० एक्सडी फलामे छड बजारमा ल्याएको छ। 

यसको शक्तिमा पनि एकरुपता तथा डन्डीलाई धेरैभन्दा धेरै तन्काउन सकिने क्षमता छ। ठूलो भूकम्पमा पनि क्षति नपुग्ने गरी लामो आयु भएको डन्डी हो। 

ग्रुपका उपाध्यक्ष श्रेष्ठ पञ्चकन्याका स्टिल ठूला आयोजनामा बढी प्रयोग हुने बताउँछन्। 

‘पञ्चकन्या स्टिल साना घरदेखि ठूला पूर्वाधारमा खपत हुँदै आएको छ’, श्रेष्ठ भन्छन्, ‘हाइड्रोपावर होस् वा पुल, अपार्टमेन्टमा पञ्चकन्याको स्टिल प्रयोग हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .