खेल


इंग्ल्याण्ड भर्सेस न्यूजिल्याण्ड: त्यो अविश्वसनीय फाइनलको रोमाञ्च यो सेमिफाइनलमा पाइएला?

इंग्ल्याण्ड भर्सेस न्यूजिल्याण्ड: त्यो अविश्वसनीय फाइनलको रोमाञ्च यो सेमिफाइनलमा पाइएला?

नेपालखबर
कात्तिक २४, २०७८ बुधबार १६:४४, काठमाडौँ

बुधबार आईसीसी टी–२० विश्वकपअन्तर्गत न्युजिल्याण्ड र इंग्ल्याण्डबीच खेल हुँदैछ। यूएईको आबुधाबीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ। 

इंग्ल्याण्ड सुपर१२ को समूह एको विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो भने न्युजिल्याण्ड समूह बीको उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो। 

यी दुवै टोलीले समूह चरणमा एक खेल मात्र हारेका छन्। इंग्ल्याण्ड समूह चरणको खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने न्युजिल्याण्ड पाकिस्तानसँग पराजित भएको थियो। यस्तोमा बुधबारको खेल रोमाञ्चक बन्न सक्छ।

यसअघि सन् २०१९ मा भएको एकदिवसीय विश्वकपको फाइनलमा पनि न्युजिल्याण्ड र इंग्ल्याण्डबीच भएको थियो। निकै रोमाञ्चक बनेको उक्त खेल बराबरीमा सकिएपछि दुई पटक सुपर ओभरमा पुगेको थियो। दोस्रो सुपर ओभरमा पनि बराबरी हुँदा पनि बाउन्ड्री गणनाको आधारमा इंग्ल्याण्ड विजयी भएको थियो। समूहचरणको यी दुवै टोलीको प्रदर्शन हेर्ने हो भने बुधबारको सेमिफाइनल पनि उत्तिकै रोमाञ्चक बन्न सक्छ। 

बुधबारको खेलमा इंग्ल्याण्डका जेसन रोयले खेल्ने छैनन्। उनी चोटको कारण मैदान बाहिर रहनेछन्। इंग्ल्याण्डका कप्तान इयोन मोर्गानले रोयको स्थानमा कसले ब्याटिङ गर्ने भन्ने निधो भइसकेको बताए पनि खुलाउन भने चाहेनन्। यद्यपि इंग्ल्याण्डको टोलीमा जोनी बेयरस्टो, डेविड मलान, लियाम लिभिङस्टोन वा मोइन अलीजस्ता खेलाडीले ओपनिङ गर्न सक्छन्। इंग्ल्याण्डले ब्याटिङमा राम्रो प्रदर्शन गरिरहेको छ। 
न्युजिल्याण्डको सबल पक्ष बलिङ हो। न्युजिल्याण्डसँग एडम मिल्ने, ट्रेन्ट बोल्ट, टिम साउटीजस्ता फास्ट बलर र मिचेल स्यान्टनर इस सोडीजस्ता स्पिनर छन्। उनीहरुले इंग्ल्याण्डको टोलीलाई कमभन्दा कम रनमा रोक्न सक्छन्। 

यद्यपि न्युजिल्याण्डको ब्याटिङ भने केही कमजोर देखिएको छ। तर पनि इंग्ल्याण्डविरुद्धको खेलका लागि आफूहरु तयार रहेको न्युजिल्याण्डका कप्तान केन विलियम्सन बताउँछन्। उनले भने, ‘हामीले एकअर्काविरुद्ध धेरैपटक खेलिसकेका छौं। हामीले केही राम्रो सिरिजमा राम्रो खेल खेलेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad