खेल


पीएसजीले तोक्यो नेमारको कीर्तिमानी मुल्य

पीएसजीले तोक्यो नेमारको कीर्तिमानी मुल्य

एजेन्सी
असार ५, २०७६ बिहिबार १३:४,

पेरिस सेन्ट जर्मन(पीएसजी)ले नेमारका लागि कीर्तिमानी ३ सय यूरो रकम तोकेको छ।

ब्राजिली स्टार नेमारले यसै सिजनमा पेरिस छाड्ने मनसाय तय गरेपछि क्लबले उक्त रकम तोकेको इंग्ल्याण्डका अखबारहरुले जनाएका छन्। खबरहरु अनुसार पीएसजीले नयाँ कीर्तिमानका साथ नेमारलाई बेच्ने तयारी गरेको हो।

दुईवर्ष अघि नेमार नै विश्वकै सबैभन्दा महँगो खेलाडी बन्दै २ सय २२ मिलियन यूरोमा बार्सिलोनाबाट पीएसजी आएका थिए।

नेमारले पीएसजी छाड्ने मनसाय देखाएपछि उनको पूर्व क्लब बार्सिलेना र रियल मड्रिडले उनलाई भित्र्याउने इच्छा देखाएका छन्।

नेमारलाई भित्र्याउने बार्सिलोना र मड्रिडले पैसासँगै खेलाडी साट्ने प्रस्ताव पीएसजीसँग राखेका छन्। रियल मड्रिडले नेमारको बदला गेरार्थ बेल र बार्सिलोनाले फिलिप्पे कोटिन्होलाईसँगै पैसा दिने प्रस्ताव राखेका हुन्।

पीएसजीबाट नेमार बाहिरिने खबर क्लबका अध्यक्ष नासिर अल खालिफीले दिएको अन्तर्वाता पछि चर्चामा आएको हो।

अन्तर्वार्ताका क्रममा नासिरले भनेका छन्, ‘म त्यस्ता खेलाडीहरु चाहान्छु जसले क्लबको सम्मान र प्रोजेक्टलाई सहयोग पुर्याओस। जसले त्यस्तो गर्न सक्दैन्, ती खेलाडीसँग हामीले बसेर छलफल गरेका छौं। कसैलाई पनि नेमारलाई यहाँ आउन दबाब दिएको हैन्। नेमारले क्लबको प्रोजेक्ट बुझेरै आएका हुन्।’

नेमारलाई २०१७ मा २ सय २२ मिलियन पाउण्डमा च्याम्पियन्स लिगको महत्वाकांक्षी योजनाका साथ पीएसजले भित्र्याको थियो। तर, गत सिजनमा अधिकांश समय नेमार चोटका कारण मैदान बाहिरै रहे।

गत सिजनमा जम्मा १७ खेलमात्रै खेलेका उनले १५ गोलमात्रै गर्न सके। पीएसजीले यस सिजनमा लिग वानको उपाधि जितेपनि च्याम्पियन्स लिगको भने अन्तिम १६ मा पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad