आगामी सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा प्रतिस्पर्धाका लागि डेनमार्क छानिन सफल भएको छ।
युरोप छनोट समूह एफअन्तर्गत मंगलबार राति भएको प्रतिस्पर्धामा अस्ट्रियालाई १–० गोलअन्तरले हराउँदै डेनमार्कले विश्वकप खेल्ने स्थान पक्का गरेको हो।
डेनमार्कका जोआकिम माएहिलेले ५३औं मिनेटमा गरेको गोल नै आफ्नो टोलीको जितका लागि निर्णायक बनेको हो।
योसँगै ८ खेलमा लगातार जितेर २४ अंक ल्याउँदै डेनमार्कले छनोटका दुई खेल खेल्नुअघि नै विश्वकपमा प्रवेश गर्न सफल भएको हो।
यसअघि जर्मनी विश्वकपका लागि छनोट भइसकेको छ।
75
Shares

प्रतिक्रिया