नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन्।
आइसीसीले आज सोमबार सेप्टेम्बर महिनाको प्लेयर अफ दि मन्थको अर्वाड विजेताको नाम सार्वजनिक गरेको हो।
सन्दीपले बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रालाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन्।
आइसिसीले गत बुधबार सार्वजनिक गरेको प्लेयर अफ द मन्थको मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्राको नाम सार्वजनिक गरेको थियो।
गत महिना आइसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनीसँगको दुई मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। ६ एक दिवसीय खेलमा सन्दीपले १८ विकेट लिएका थिए।
त्यसकै आधारमा सन्दीप सेप्टेम्बर महिनाको प्लेयर अफ दि मन्थमा मनोनयनमा परेका थिए।
यसअघि गत वैशाखमा ओपनर कुशल भुर्तेल आइसिसीको अप्रिल महिनामा प्लेयर अफ दि मन्थको मनोनयनमा परेका थिए। तर सो उपाधि भने पाकिस्तानका कप्तान बाबर आजमले जितेका थिए।
Shares

प्रतिक्रिया