खेल


साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जितपछि अल्मुताइरी : फाइनल पुग्ने सम्भावना बलियो

साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जितपछि अल्मुताइरी : फाइनल पुग्ने सम्भावना बलियो

फाइल तस्बिर : अब्दुल्लाह अल्मुताइरी


नेपालखबर
असोज १९, २०७८ मंगलबार ९:२, काठमाडौँ

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा दोस्रो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लिएपछि प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी निकै खुसी भएका छन्।  

सोमबार राति आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलअन्तरले हराएको हो। योसँगै ६ अंक बनाउँदै नेपाल ५ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको हो। यसअघि नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको थियो। 

नेपालले लगातार दोस्रो खेल पनि जितेपछि प्रमुख प्रशिक्षक अल्मुताइरीले ‘पोस्ट म्याच कन्फेरेन्स’मा भने, ‘नेपालले लगातार दोस्रो खेल जितेको छ। अब नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ।’

तर अहिले नै यसै हुन्छ भनेर भन्न नसकिने उनले बताए। 

उनले थपे, ‘अब प्रतियोगिताको म्याच डे थ्रीमा भारत र श्रीलंका तथा माल्दिभ्स र बंगलादेश खेल्नेछन्। यो नतिजाले हामी कहाँ जाने छौं, त्यो धेरै अर्थमा प्रस्ट पार्नेछ। मलाई विश्वास छ, यो चरणमा पनि केही आश्चर्यजनक नतिजा आउने छन्।’

नेपाल अब एकैचोटि अक्टोबर १० मा भारतसँग भिड्नेछ। त्यही दिन माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। 

याे पनि : ​साफ च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित, श्रीलंका ३–२ ले पराजित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad