एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गतको मंगलबारका लागि तय पोखरा राइनोज र काठमाडौ किंग्स इलाभेनको खेल पनि स्थगित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलका लागि दुवै टोली पुगे पनि पुनः पानी परेपछि खेल हुन नसकेको हो।
आइतबारदेखिको वर्षाका कारण मैदान भिजेपछि खेल हुन नसकेको हो। दुई टोलीका कप्तान र अम्पायरबीच छलफल भएपछि खेल स्थगित गर्ने निर्णय भएको हो।
मैदानको आउट फिल्ड सुकाउनका लागि मैदान कर्मचारीले भरपुर प्रयास गरे पनि मौसमले साथ नदिएपछि खेल हुन नसकेको हो।
लगातारको वर्षाका कारण ३ खेल स्थगित भएसँगै बाँकी खेल तालिका कस्तो हुनेछ भन्ने अहिले नै एकीन गर्ने अवस्था छैन।
ओसिलो आउट फिल्डकै कारण सोमबारका लागि तय दुई खेल टस समेत नभई स्थगित भएको थियो। सोमबार भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स तथा काठमाडौं किंग्स इलाभेन र विराटनगर वारियर्सबिचको खेल टस समेत नभइ स्थगित भएको थियो।
यसअघि आइतबार पोखरा र भैरहवा ग्लाडियर्टसबीचको खेल जारी रहँदा पानी परेपछ दुवै टोलीले अंक बाँडेका थिए।
Shares

प्रतिक्रिया