अखिल नेपाल फुटबल संघ (एन्फा)माथि एसियाली फुटबल महासंघ (एएफसी)ले ३५ हजार अमेरिकी डलर जरिवाना तिराउने भएको छ। एएफसीको क्लब लाइसेन्स रेगुलेसनअन्तर्गतको ४सी (ए) नियम उल्लंघन गरी कार्यसञ्चालन गरेको भन्दै एएफसीले उक्त जरिवाना तिर्न आदेश दिएको हो।
एएफसीको अनुशासन समितिको बुधबार बसेको बैठकले एन्फाले उक्त नियम उल्लंघन गरेको ठहर गरेको छ। तर ३५ हजार डलरमध्ये दुई वर्षको अनुसन्धान अवधिका लागि २५ हजार डलर भने निलम्बन हुने एएफसीले जनाएको छ। यदि उक्त अनुसन्धान अवधिमा पुनः सोही गल्ती दोहोरिए उक्त रकम समेत तिर्नुपर्ने उक्त समितिको निर्णयमा उल्लेख गरिएको छ।
त्यस्तै बाँकी १० हजार डलर अर्थात् ११ लाख ३९ हजार रुपैयाँ भने ३० दिनभित्रै बुझाउनुपर्ने एएफसीले जनाएको छ।

प्रतिक्रिया