राजनीति


मोरालेस पुनः राष्ट्रपतिमा विजयी भएपछि विपक्षी दल हड्तालमा

मोरालेस पुनः राष्ट्रपतिमा विजयी भएपछि विपक्षी दल हड्तालमा

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ११:५,

बोलिभियाका राष्ट्रपति इभो मोरालेसले इतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन्।

 राष्ट्रपतिको दाबीपछि बोलिभियाका विपक्षी दलहरुले आमहडताल आह्वान गर्नुका साथै देशव्यापी विरोध प्रदर्शन गरिरहेका छन्।

बोलिभियाको निर्वाचन आयोगले करिब ९९ प्रतिशत मतगणना हुँदा राष्ट्रपति मोरालेस विजयी भएको घोषणा गरेको छ।

मोरालेसले कूल खसेको मतको ४ठ.१ प्रतिशत मत प्राप्त गरेको आयोगको भनाई छ। उनका विपक्षी कार्लोस मेसाले ३६.५ प्रतिशत मत प्राप्त गरेका छन्।

बोलिभियाको संविधान र निर्वाचन कानून अनुसार दोस्रो चरणको मतदानका लागि दुई उम्मेदवारबीच न्यूनतम १० प्रतिशत मतान्तर हुनु आवश्यक छ।

निर्वाचन आयोगको मतगणना प्रक्रियामाथि विपक्षीहरुले निरन्तर आलोचना गरिरहेका थिए। मोरालेसका उपराष्ट्रपति समेतले निर्वाचन प्रक्रियाको विरोध गरेका थिए।

मोरालेसले नयाँ पदावधिका लागि सपथ लिएसँगै उनी आगामी सन् २०२५ सम्म मुलुकको राष्ट्रपति हुन पाउनेछन्।

बोलिभियाको संविधानमा लगातार दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने प्रावधान छ। तर, सर्वोच्च अदालतले उक्त प्रावधान फुकुवा गरेको छ। सर्वोच्चकै आदेश बमोजिम उनी राष्ट्रपतिका लागि चौथो पटक उम्मेदवार भएका हुन्।

विपक्षी नेता मेसाले मोरालेसको दल मुभमेन्ट फर सोसलिज्म (मास) ले निर्वाचनमा व्यापक धाँधली गरेको आरोप लगाएका छन्। रासस–एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad