ओमानसँग भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल हारेको छ।
दोहास्थित कतार युनिभर्सिटीको मैदानमा आइतबार भएको खेलमा नेपाल ७–२ गोलअन्तरले हारेको हो।
पहिलो हाफमा २–१ को अग्रता लिएको ओमानले दोस्रो हाफमा ५ गोल थप्यो भने नेपालले एक गोल मात्र गर्न सक्यो।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टोलीले ओमानसँग ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो।
बलियो टोली ओमानलाई सहज जित दिलाउन अब्दुल्लाहजिज अल मुक्बालीले दुई तथा फामी शेद, मोसेन जाहेर, इसाम अल शुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक÷एक गोल गरेका थिए।
साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली आज सोमबार माल्दिभ्स जानेछ। त्यहाँ नेपालले आगामी अक्टोबर १ (शुक्रबार) मा आयोजकको सामना गर्नेछ।
180
Shares

प्रतिक्रिया