खेल


साफ च्याम्पियनसिपको लागि नेपाली फुटबल टोलीको घोषणा, को–को परे?

साफ च्याम्पियनसिपको लागि नेपाली फुटबल टोलीको घोषणा, को–को परे?

फुटबल टाेली। तस्बिर : एन्फा


नेपालखबर
असोज १०, २०७८ आइतबार १८:८, काठमाडौँ

यही असोज १५ देखि २० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फुटबल टोलीको घोषणा गरेका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार मुख्य प्रशिक्षक अल्मुताइरीले अन्तिम टोली घोषणा गरेका हुन्। 

घोषित टोलीमा बिकेस कुथु र राजन गुरुङ भने छुटेका छन्। 

टोलीले अहिले तयारीका लागि कतारको दोहामा बन्द प्रशिक्षण गरिरहेको छ। 

नेपालले अक्टोबर १ मा पहिलो खेल आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।  

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा अहिलेसम्म पुग्नसकेको छैन। 

को–को परे टोलीमा? 
अल्मुताइरीले घोषणा गरेको २३ सदस्यीय टोलीमा गोलरक्षकतर्फ किरण कुमार लिम्बु (क्याप्टेन), दिप कार्की र विशाल श्रेष्ठ छन्। 

त्यस्तै अन्य खेलाडीमा दिनेश राजवंशी, सुरजज्यु ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल,। नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डांगी, कमल थापा र रोहित चन्द समावेश छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad