एभरेस्ट प्रिमयर लिग ईपीएलमा जारी पोखरा राइनोज् र भैरहवा ग्लेडियटर्सबीचको खेल वर्षाका कारण राेकिएपछि दुवै टाेलीले एक एक अंक बाँडेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा ११ औ ओभरको खेल जारी रहँदा सामान्य पानी परेपछि खेल रोकिएको हाे।
१० ओभरको समाप्तिमा पोखराले ७ विकेट गुमाएर ५९ रन बनाएको छ। भैरहवाका दुर्गेश गुप्ताको घातक बलिङमा पोखरा संकटमा परेको थियाे। पोखराका असेला गुणारत्नेले सर्वाधिक २३ रन जोडे। १६ बलको सामना गरेका असेलाले २ चौका र १ छक्का हाने।

पोखराका कप्तान विनोद भण्डारी केज्रिक विलियम्स र लोकेश कम गोल्डेन डक आउट भए।
ओपनरद्वय रिचार्ड लेभी शून्य र सुनिल धमला १ रनमा पवेलियन फर्के। विपिन रावलले ६ रन थपे। विवेक यादव १६ र विक्रम शोव ७ रनमा नटआउट छन्।
भैरहवाका दुर्गेश गुप्ताले ३ ओभरमा ३ विकेट झारे। धम्मिका प्रसाद, अविनास बोहोरा, तुल बहादुर थापाले समान एक विकेट लिए।
Shares

प्रतिक्रिया