एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लाडियटर्सविरुद्ध पहिले ब्याटिङ गरेको पोखरा राइनोजले खराब सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले सुरुवातको ४ ओभरमा नै ५ विकेट गुमाएको छ।
पोखराले पहिलो ओभरको दोस्रो बलमा नै रिचार्ड लेवीलाई गुमायो। धम्मिका प्रसादको बलमा शरद भेषावकरले लेभीलाई क्याच आउट गराए।
पाँचौ बलमा विपिन रावल ६ रन जोड्दा पवेलियन फर्के। कप्तान भण्डारी र लोकेश कम शुन्य रनमा नै आउट भए।
भैरहवाका धम्मिकाले दोस्रो बलमा नै टोलीलाई सफलता दिलाएका थिए। दुर्गेस गुप्ताले ३ विकेट दिलाएका थिए। अविनास बोहोराले एक् विकेट झारे।
लगातार विकेट पतनपछि पोखरा दबाबमा आएको छ।
पाँच ओभरको समाप्तिमा पोखराले ४ विकेट गुमाएर १२ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा विवेक यादव १ र असला गुणारत्ने ५ रनमा नटआउट छन्।
Shares

प्रतिक्रिया