जारी एभरेस्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) प्रतियाेगितामा जिम्बाबेका अलराउन्डर सिकन्दर राजाले अर्धशतक पूरा गरेका छन्।
आइतबार त्रिवि क्रिकेट मैदानमा जारी चितवन टाइगर्सविरुद्धको खेलमा राजाले ३७ बलमा अर्धशतक पूरा गरेका हुन्।
त्रिवि मैदानमा छक्काको वर्षा गरेका राजाले १५औँ ओभरको अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक हानेका हुन्। उनले ५ छक्का र २ चौका प्रहार गरे।
लगातार विकेट पतनले दबाबमा आएको विराटनगरका लागि राजाले इनिङ्स सम्हालेका थिए। जारी ईपीएलमा अर्धशतक पूरा गर्ने राजा चौथो खेलाडी हुन्।
39
Shares

प्रतिक्रिया