एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्सले खराब सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चितवन टाइगर्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर तेस्रो ओभरमै ३ विकेट गुमेपछि दबाबमा परेकाे हाे।
पहिलो ओभरमै २ विकेट गुमाएको विराटनगरले दोस्रो ओभरमा एक विकेट गुमाउन पुग्यो।
विराटनगरले ओभरको पहिलो बलमै ओपनर आशिफ शेख गोल्डेन डकआउट हुन पुगे।
पहिलो ओभरको अन्तिम बलमा रयान पठान सोमपाल कामीको हातबाट बोल्ड आउट भए। ३ बलमा १ चौकासहित ४ रन जोडे।
तेस्रो विकेटका रुपमा विराटनगरले ओपनर चन्द्रपउल हेमराजलाई गुमायो। ५ बलमा २ रन जोडेका हेमराजलाई कमल ऐरीले बोल्ड गरे।
चितवनका कप्तान सोमपाल कामीले पहिलो ओभरमै दुई विकेट लिँदै टोलीलाई सफलता दिलाए।
५ ओभरको समाप्तिमा चितवनले ३ विकेट गुमाएर २० रन बनाएर खेलिरहेको छ।
अहिले क्रिजमा अनिल शाह ५ र सिकन्दर राजा ६ रनमा नटआउट छन्।
Shares

प्रतिक्रिया