एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत चितवन टाइगर्ससँग जारी प्रतिस्पर्धामा विराटनगर वारियसर्सले दोस्रो ओभरमै ३ विकेट गुमाएको छ।
टस जितेर पहिले बलिङ रोजेको चितवन टाइगर्सका लागि कप्तान सोमपाल कामीले सुरुवाती २ विकेट लिँदै टोलीलाई सफलता दिलाए।
पहिलो ओभरको दोस्रो बलमै ओपनर आशिफ शेखलाई गुमाएको विराटनगरले अन्तिम बलमा रयान पठानलाई गुमाएको हो।
सोमपालले ओभरको अन्तिम बलमा पठानलाई बोल्ड आउट गरे। दोस्रो ओभरको पाँचौ बलमा ओपनर चन्द्र पउल हेमराज २ रनमा कमल ऐरिको बलमा बोल्ड आउट भए।
रयान ४ रन जोड्दा नै पवेलिएन फर्के। आशिफ शेख शून्य रनमा नै आउट भए।
ओपनर अहिले क्रिजमा सिकन्दर राजा १ र अनिल शा १ रनमा क्रिजमा छन्।
तेस्रो ओभर चलिरहँदा विराटनगर ३ विकेट गुमाएर १४ रन बनाएर खेलिरहेको छ।
24
Shares

प्रतिक्रिया