खेल


आज नेपाल ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै

आज नेपाल ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०७८ आइतबार ५:५५, काठमाडौँ

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै छ। 

खेल कतारको दोहास्थित कतार विश्वविद्यालयको मैदानमा राति पौने १० बजे हुनेछ। साफ च्याम्पिनयसिपको अन्तिम तयारीका लागि नेपाली टोली कतार पुगेको हो। 

फिफा वरियतामा आफुभन्दा माथि रहेको टोलीसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली साफ च्याम्पिनयसिपका लागि मालदिभ्स जानेछ।

फिफा वरियतामा नेपाल १ सय ६८ औँ स्थानमा छ भने ओमान ७८ औँ स्थानमा छ। 

नेपाल र ओमान सन् २००७ पछि भेट गर्दैछन्। हालसम्मको भेटमा नेपालले ओमानलाई हराउन सकेकोे छैन। 

नेपाल र ओमानबीच पहिलोपटक सन् १९८४ मा मैत्रीपुर्ण खेलमा भेट भएको थियो। त्यसपछि ओमानसँग भएको १० भेटमा नेपालले जित वा बराबरीको नतिजा निकाल्न सकेको छैन।

यी दुई टोलीबीच दोस्रो पटक मैत्रीपूर्ण खेल हुन लागेको हो। पहिला मैत्रीपूर्ण खेलमा नेपाल ८–० को फराकिलो अन्तरले हारेकाे थियो। नेपाल र ओमानको त्यो नै फराकिलो नतिजा हो। 

पछिल्लोपटक सन् २००७ मा फिफा विश्वकप छनोटमा भएको भेटमा नेपाल ओमानसँग २–० ले पराजित भएको थियो। 

ओमानसँग नेपालको अहिलेसम्मको राम्रो नतिजा भनेको सन् १९९४ को एसियन गेम्स् र  १९९७ मा भएको फिफा विश्वकप छनोटको पहिलो चरणमा १–० को गोल अन्तरमा पराजित हुनु नै हो। 

कतार जानुअघि नेपाली टोलीले गत भदौ १७ र २० गते भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। दशरथ रंगशालामा भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो भने दोस्रो खेलमा नेपाल २–१ ले पराजित भएको थियो।

कतारमा अभ्यासरत रहँदा नेपाली टोलीले स्थानीय अल बिदा स्पोर्टस् क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जुन खेल नेपालले २–० ले आफ्ना पक्षमा पारेको थियो। ​

ओमानसँगको खेलपछि नेपाली टोली असोज ११ गते मालदिभ्स जानेछ। साफ च्याम्पिनयनसिप मालदिभ्समा असोज १५ गतेबाट सुरु हुँदै छ। 

उद्घाटन खेलमा नेपालले साविक विजेता मालदिभ्ससँग खेल्दै  साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ। 

राउन्ड रोविनका आधारमा हुने साफमा नेपाल, भारत, मालदिभ्स, श्रीलंका र बंगलादेश सहभागी छन्। शीर्ष दुई टोलीले असोज ३० गते फाइनल खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad