पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) टोली काठमाडौ किंग्स एलाभेनका कप्तान सन्दीप लामिछानेले पाकिस्तानी स्टार अलराउण्डर साहिद अफ्रिदीको आगमनले टोलीलाई धेरै सहयोग पुगेको बताएका छन्।
अफ्रिदी नेपालमा आएर इपीएल खेल्नु नेपाली क्रिकेटका लागि राम्रो सन्देश भएको सन्दीपले बताएका छन्।
अफ्रिदी अनुभवी खेलाडी भएकाले पनि आफुहरुको लागि उनको अनुभव मुल्यवान हुने र अझै सिक्ने माध्यम भएको बताए।
खेल पछिको पत्रकार सम्मेलनमा काठमाडौँका कप्तान लामिछानेले इतिहास सिक्ने कुरा भएकाले आफुहरुले अफ्रिदीबाट धेरै कुरा सिक्न सक्ने बताए।
'उहाँ अुनुभवी खेलाडी, लामो समय क्रिकेटमा बिताउनु भएको छ। जसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ', लामिछानेले भने।
शाहिद अफ्रिदीले काठमाडौं-११ नै छान्नु नै आफुहरुका लागि ठूलो अवसर भएको उनले बताए। टोलीमा अफ्रिदी हुँदा धेरै कुरा फरक पर्ने लामिछानेको भनाइ थियो।
अफ्रिदी नेपाल आएर आफुहरुको लागि खेल्नु नै राम्रो कुरा भएको बताए।
अफ्रिदीले इपीएलमा दुई खेल मात्र खेल्नेछन्। पहिलो खेलमा कमजोर बलिङ गरेका अफ्रिदीले ब्याटिङको मौका भने पाएनन्। अफ्रिदीले आफ्नो स्पेलमा ३२ रन खर्चे।
छैटौँ ओभरमा बलिङमा आएका अफ्रिदीले १४ रन दिए। आठौँ ओभरमा ३, १४ औँ ओभरमा १० तथा १६ औँ ओभरमा ६ रन दिए।
इपीएलको उद्घाटन खेलमा काठमाडौले साविक विजेता ललितपुर प्याट्रियट्सलाई ७ विकेटले हराउँदै सानदार सुरुवात गरेको छ।
ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौँले चौथो ओभरमो दोस्रो बलमा भेट्टाएको हो। खेलपछि अफ्रिदी समर्थकहरुसँग हात मिलाउँदै जितको खुसी साट्न पुगेका थिए।
Shares

प्रतिक्रिया