राष्ट्रिय क्रिकेट टोली तथा ललितपुर प्याट्रियट्सका कप्तान ज्ञानेन्द्र मल्लले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन्।
कप्तान मल्लले व्यक्तीगत कारण देखाउँदै इपीएल नखेल्ने बताएका हुन्।
मल्लले ललितपुरका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र कोइरालालाई इमेल गर्दै इपीएल खेल्न नसक्ने बताएका हुन्।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी, स्पिनर वसन्त रेग्मी र ललित भण्डारीले यो संस्करणको ईपीएल खेल्नेछैनन्।
काठमाडौं किंग्स इलेभेनका ब्याट्सम्यान तथा नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले चोटका कारण खेल्न नसक्ने भएका हुन्।
ओमान भ्रमणको क्रमम दीपेन्द्रले खुट्टामा चोट बोकेका थिए। चोटका कारण दीपेन्द्र कम्तीमा चार हप्ता मैदानबाहिर रहनेछन्।
पारसले दुई महिनाअघि नेपाली क्रिकेटबाट सन्न्यास लिएका थिए। राष्ट्रिय टोलीबाट सन्न्यास लिए पनि घरेलु क्रिकेट खेल्ने बताएका थिए।
वसन्त गत चैतदेखि अमेरिकामा घरेलु क्रिकेट खेल्दै आएका छन्। चोटकै कारण ललितले पनि इपीएलमा सहभागी हुनेछैनन्।
Shares

प्रतिक्रिया