साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
नेपाल र ओमानबीचको खेल आइतबार हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
ओमान नेपालबीचको खेल दोहास्थित कतार विश्वविद्यालयको मैदानमा साँझ ७ बजे खेल हुनेछ।
घरेलु मैदानमा भारतसँगको दुई मैत्रीपूर्ण खेलपछि नेपाली टोली अन्तिम तयारीका लागि कतार पुगेको हो।
कतारमा रहँदा नेपाली टोलीले स्थानीय अलबिदा स्पोर्टस क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो। नयाँ खेलाडीलाई मौका दिइएको सो खेलमा नेपाल २–० ले विजयी भएको थियो।
कतारमा दुई साता लामो अभ्यासपछि नेपाली टोली असोज ११ गते साफ च्याम्पियनसिप आयोजनास्थत माल्दिभ्स पुग्नेछ। असोज १५ गतेबाट साफ च्याम्पियनसिप सुरु हुँदै छ।
साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। साफ च्याम्पियनसिपमा नेपाल, भारत, मालदिभ्स, श्रीलंका र बंगलादेश सहभागी छन्।
राउन्ड रोबिनमा हुने च्याम्पियनसिपका शीर्ष २ टोलीले फाइनल खेल्नेछन्।
Shares

प्रतिक्रिया