ad ad

खेल


हङकङविरुद्ध भिड्दै महिला फुटबल टोली, यस्तो छ सुरुवाती ११

हङकङविरुद्ध भिड्दै महिला फुटबल टोली, यस्तो छ सुरुवाती ११

नेपालखबर
असोज ५, २०७८ मंगलबार १३:४, काठमाडौँ

एएफसी महिला एसियन कप–२०२२ छनोटमा हङकङसँगको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ। 

टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आजको खेलमा १ खेलाडी परिवर्तन गरेका छन्। डिफेन्डर पुजा रानाको स्थानमा विमला विकलाई मौका दिएका छन्। 

नेपालको गोलपोष्ट नियमित गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले सम्हाल्नेछिन्। डिफेन्समा विमला विक, अमृता जैसी, हिरा कुमारी भुजेल, गीता राना रहनेछन्। 

मिडफिल्डमा कप्तान रेनुका नगरकोटेसँगै सरु लिम्बु, मन्जली कुमारी योन्जन रहनेछन्। नेपालको अग्रपङ्ति प्रीति राई, सविता रानामगर र बिमला चौधरीले सम्हाल्नेछन्। 

खेल उज्बेकिस्तानस्थित जेएआर एसओके स्टेडियमा अपरान्ह पौने ४ बजे सुरु हुनेछ। 

नेपाल र हङकङ सन् १९८९ पछि पहिलो पटम आमनेसामने हुँदै छन्। 

नेपालले हङकङसँग खेलेका दुवै खेलमा पराजित भएको छ। सन् १९८६ मा १–० ले पराजित भएको नेपाल सन् १९८९ मा ३–० को फराकिलो अन्तरले पराजित भएको थियो। 

समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ ले पराजित भएको थियो। फिलिपिन्स र हङकङबीचको असोज शुक्रबार हुनेछ। 

समूहको शीर्ष टोलीले जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुने एसियन कप खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .