स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ग्रानडासँग हारबाट बचेको छ।
खेलको अन्तिम मिनेटमा रोनाल्ड एराउजोले गोल गरेपछि बार्सिलोना घरेलु मैदानमा ग्रानडासँग हारबाट जोगिको हो।
घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोनाले ग्रानडासँग १–१ गोलको बराबरी गर्दै अंक बाँडेकाे हाे।
खेलमा सुरुवाती अग्रता लिएको ग्रानडा अन्तिम समयमा सम्हालिन नसक्दा अंक बाड्न बाध्य भयो। डोमिङओस डुआर्टीले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै ग्रानडालाई सुरुवाती अग्रता दिलाएका थिए।
बार्सिलोका एराउजोले ९० मिनेटमा पाब्लो गाभिराको पासमा गोल गर्दै बार्सिलोनालाई हारबाट बचाए।
बराबरीपछि ४ खेलबाट ८ अंक जोडेको बार्सिलोना सातौ स्थानमा उक्लेको छ।
78
Shares

प्रतिक्रिया